रुपन्देही व्यापार संघको रजत महोत्सव सुरु

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

मानवसेवा आश्रम बुटवलको सुक्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रित दुई सयजनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण

रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत पहिलो दिन बिहीबार संघले मानवसेवा आश्रम बुटवलको सुक्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रित दुई सयजनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । 

तिलोत्तमाको पश्चिम पहुनीमा रहेको मानवसेवा आश्रममा आयोजित खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मानवताको सेवा जीवनको सर्वोत्तम कार्य भएको बताए । उनैले समाजमा हराउँदै गएको मानव सेवाभावलाई जागृत गर्ने गरी आश्रममा रुपन्देही व्यापार संघले गरेको सहयोगको कामले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा संघका पूर्वअध्यक्ष मोतीलाल पाण्डेले आश्रममा रहेर जीवन बिताउँदै गरेका दिनदुःखीलाई सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले संघले यसप्रकारका कार्यक्रम आयोजना गरिँदै आएको उल्लेख गर्दै भोलिका दिनमा पनि मानवसेवा आश्रममा जोडिएर काम गर्ने प्रतिबद्धता जनाए । 
 

सुझावित समाचार