तस्बिरमा काठमाडौंको छठपूजा

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

छठ पर्वको मुख्य दिन आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजाअर्चना गरिएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पोखरी, तलाउ तथा नदीकिनारमा बनाइएका घाटहरूमा पुगेर ब्रतालुले सूर्यलाई अर्घ्य दिई छठी माताको पूजाअर्चना गरेका हुन्।

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले पनि काठमाडौंका विभिन्न छठ घाटमा पुगेर पूजा–आराधना गरेका छन्। प्रथम महिला सविता पौडेलसहित गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले पूजा–आराधना गरेका हुन्।

तस्बिरमा हेर्नुस् गौरीघाट र कमलपोखरीको छठपूजा :

See More On

सुझावित समाचार