यस वर्षको तिहारमा ५० करोडबराबरको फूलको कारोबार

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

यस वर्षको तिहारमा ५० करोडबराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै फूलको खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एसाेसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ ।

यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय तिर्नुपरेको थियो । काठमाडौं महानगरपालिकाले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उनले बताए । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने, तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए ।

काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् ।  २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।     
  
 

See More On

सुझावित समाचार