यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र लुम्बिनीबिच आज उपाधि भिडन्त

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम र लुम्बिनी प्रदेशले बुधबार नरेश श्रेष्ठ स्मृति वाइवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिम शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

लिगका सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिमले ६ खेलमा ५ जित र १ मा हारको सामना गर्दैै १० अंक जोडेको छ । लुम्बिनीले समान खेलमा ५ जित र १ हारको सामना गरी १० अंक जोड्यो । रनरेटमा लुम्बिनी दोस्रो स्थानमा रह्यो । गण्डकी ६ खेलमा समान तीन जित र हार व्यहोर्यो । गण्डकी ६ अंकका साथ तेस्रो छ ।

मधेशले तीन जित र तीनै हार सामना गरी ६ अंक बनायो । रनरेटमा गण्डकी तेस्रो स्थानमा रहेको हो । वागमती २ खेलमा मात्र जित निकाल्यो । चार खेलमा पराजित भएको गण्डकीले ४ अंक जोड्दै पाँचौ स्थान रक्षा गर्यो । कर्णाली ६ खेलमा २ जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैटौँ स्थानमा र कोशी २ अंकका साथ पुछारमा छ । 

सुझावित समाचार