ताेलामा दुई हजार आठ सयले घट्यो सुन

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला  एक लाख ६८ हजार दुई सय तोकेको छ। 

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु. एक लाख ७१ हजारमा खरिद–बिक्री भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला रु. २१ घटेको छ ।

महासंघले एक तोला चाँदीको मूल्य रु. दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला  दुई हजार ९० मा कारोबार भएको थियो । 
 

See More On

सुझावित समाचार