नवलपुर प्रहरीले जुवातास खेलिरहेका आठजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी जेशी शाहका अनुसार मध्यविन्दु– १५ मा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा २६ हजार ४०५ रुपैयाँसहित आठजनालाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट कौडाको १६ वटा गोटीसमेत बरामद गरेको जनाएको छ।