जुम्लामा यस वर्ष २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन

स्याउ बिक्रीबाट जुम्लामा ६१ करोड ४१ लाख रुपैयाँ भित्रियाे

शुक्रबार, १६ कार्तिक, २०८१
डिजिटल संस्करण

स्याउ बिक्रीबाट जुम्लामा ६१ करोड ४१ लाख रुपैयाँ भित्रियाे

जुम्लामा यस वर्ष २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार २५० हेक्टर जमिनमा लगाइएकाे स्याउबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हायस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए । उनले भने, ‘बसबाट एक हजार ६६० मेट्रिक टन, जिप र हायसबाट ६६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।’

त्यस्तै, मालवाहक ट्रकबाट ६ हजार ९९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । ८३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।     

See More On

सुझावित समाचार