लामिछानेलाई तुरुन्त रिहाइ गर्न उपसभापति अर्यालको माग

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले सभापति रवि लामिछानेको रिहाइको माग गरेका छन् । आज बालुवाटारमा भएको प्रदर्शनमा बोल्दै उपसभापति अर्यालले रविकाे रिहाइ व्यक्तिको मात्र रिहाइ नभएर परिवर्तनकारी शक्तिको रिहाइ हुने बताए ।

उनले गृह मन्त्रायलाई संयम भइदिन आग्रहसमेत गरेका छन् । आफ्ना साथीहरूलाई गलत ठाउँबाट गिरफ्तार गरेको भन्दै उनले तुरुन्त रिहाइ गरिदिन आग्रह गरे । प्रहरीले बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट १७ जना  प्रदर्शनकारीलाई गिरफ्तार गरेपछि उनले यस्ताे आग्रह गरेका हुन् ।

लोकतन्त्रमा तानाशाही पञ्चायतकालीन समयको जस्तो शासन नचल्ने भन्दै उनले आफूहरू सुसंस्कृत राजनीति गर्न आएको उल्लेख गरे । लाछिानेलाई रिहाइ नगरेसम्म प्रदर्शन कार्यक्रम नरोकिने उनले बताए । 

सुझावित समाचार