१०बुँदे घोषणापत्र सार्वजनिक गर्दै युवा सम्मेलन सम्पन्न

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिना : राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारासहित बाँसगढी नगरपालिकामा सुरु भएको युवा सम्मेलन १० बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएकाे छ।  सम्मेलनले स्थानीय युवा रणनीति निर्माणका लागि युवाहरूको धारणा समेट्न युवा सम्मेलनको आयोजना गरेको थियो ।  

युवा सम्मेलन २०८१ को घोषणापत्रमा युवामैत्री स्थानीय शासन प्रवर्द्धन, स्थानीय युवा नीति तथा स्थानीय रोजगार रणनीतिक योजना तर्जुमा, नगरभित्रका युवा समूह तथा सञ्जालहरूको क्षमता विकास उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै युवाहरूको स्वरोजगार अभिवृद्धि गर्ने विषय उल्लेख गरिएको छ ।

त्यसैगरी, स्थानीय स्रोत–साधनहरूको परिचालन तथा प्रभावकारी उपयोगमार्फत युवा उद्यमशीलता विकास गर्ने बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी सहुलियत ब्याजदरमा उचित पुँजी प्राप्त गर्न व्यवस्था मिलाउने, पर्यावरण संरक्षण गरी ग्रिनसिटी स्मार्ट भिलेज निर्माण गर्नेलगायतका विषय समेटिएको छ । 

सम्मेलनलाई सम्बोधन गर्दै तीनवटै तहका सरकारसँग समन्वय गरी युवालाई उद्यमशीलतामा जोड्ने गरी प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । उनले युवाहरूको रुचि र चाहनाअनुसारको उद्यम, व्यवसाय संचालन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताए । 

सम्मेलनमा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले नगरपालिकाका युवाहरूलाई रोजगार र अवसरसँग जोड्नका लागि युवा सम्मेलनको आयोजना गरेको बताएका छन् । सम्मेलनले स्थानीय रोजगार रणनीति तयार गर्ने, युवा नीति तयार गर्ने युवाहरूलाई स्थानीय शासनमा अर्थपूर्ण सहभागिता गराउने उद्यमशील युवा तयार गर्ने कार्य गर्ने उनले बताए  ।

उनले युवा सम्मेलनबाट सार्वजनिक गरिएको घोषणापत्र नगरपालिकामा पूर्ण रूपमा लागू गराउने उल्लेख गरे । सम्मेलनमा बाँसगढी नगरपालिकाभित्रका ३३७ जना युवा प्रतिनिधिहरू सहभागी थिए । 
 

सुझावित समाचार