माल्दिभ्सविरुद्ध रेखा पौडेलको ह्याट्रिक

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा माल्दिभ्सविरुद्ध रेखा पौडेलले ह्याट्रिक गरेकी छिन्। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्दै उनले ह्याट्रिक गरेकी हुन्। 
 
यसअघि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो। प्रीति राई र सबिता रानामगरले समान एक-एक गोल गरेका थिए।

नेपाल प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ। प्रशिक्षक राजेन्द्र तामाङले भुटानविरुद्ध खेलेका पाँच खेलाडीलाई विश्राम दिएका छन्।

सुझावित समाचार