अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति अमेरिका जाँदै छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन उनी वासिङटन डिसी जान लागेका हुन्।

वासिङटन र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने बताइएको छ। उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम छ।

सुझावित समाचार