प्रधानमन्त्री केपी ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् ।
साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवारजनलाई पनि टीका लगाइदिएको उनको सचिवालयले जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यसपटक बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपतका कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभसाइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।