दसैँ बिदामा मानव अधिकार आयोग कार्यालय खुला रहने

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र प्रदेश शाखा कार्यालयहरू दसैँ बिदामा खुला रहने भएका छन्। आयोगले मंगलबार विज्ञप्तिमार्फत दसैँ बिदामा कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने जनाएको हो।

‘यस अवधिमा आयोगले मानव अधिकार  उल्लंघन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर  प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमनसमेत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार