सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बिमा रकम हस्तान्तरण

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

सानिमा बैंकले ‘सानिमा प्लाटिनम पेरोल बचत खाता’अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बिमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका प्रबन्धक माधवप्रसाद वाग्ले र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रूपमा बिमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

दुर्घटनाका कारण मृत्यु भएका भीमप्रसाद निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए। सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरूको उपचार बिमा, रु. १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधाेपचार बिमा र रु. ५० हजारको आवधिक जीवन बिमा सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन्।

सुझावित समाचार