हाइकर्स होलिडेजको चाडपर्वलक्षित प्याकेज

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

युवा व्यवसायीहरूले दुबईमा सुरु गरेको हाइकर्स होलिडेजले चाडपर्वलक्षित विशेष प्याकेज सार्वजनिक गरेको छ।

हाइकर्स होलिडेजले दसैँ–तिहार प्याकेजअन्तर्गत एक लाख १७ हजारमा दुबईको पाँच दिन चार रातको प्याकेज ल्याएको हो।

नेपालीहरूले दुबईलाई भ्रमण गन्तव्य बनाइरहेको र दुबईमा रहेका नेपालीहरूलाई घर फिर्तीका लागि सहुलितपूर्ण दर उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको सञ्चालक प्रवास रिमालले बताए।

कम्पनीले हाल थाइल्यान्ड, इजिप्टलगायतका गन्तव्यका लागि पनि सेवा दिइरहेको बिक्री प्रबन्धक कुलप्रसाद भण्डारीको भनाइ छ।

सुझावित समाचार