सन नेपाल लाइफ इन्स्योरेन्सको शाखा स्थानान्तरण भएको छ । कम्पनीले स्थानान्तरित लगनखेल शाखाको एक कार्यक्रमबिच उद्घाटन गरेको छ । शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिका– ६ का वडाध्यक्ष रूपेन्द्रराज शाक्यले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखा प्रमुख भुवन केसी, कर्मचारी तथा सिनियर एजेन्सी म्यानेजरको उपस्थिति रहेको थियो । ग्राहकलाई अझ बढी बिमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नति गरी स्थानान्तरण गरिएको बताइएको छ ।