झ्याप्ले खोलाको पहिरोमा हामीले जे देख्यौँ (स्थलगत भिडियो रिपोर्ट)

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं–धादिङ सिमानामा पर्ने त्रिभुवन राजमार्गअन्तर्गतको झ्याप्ले खोला सडकखण्डमा शनिबार बिहान भीषण पहिरो गयो। एक्कासि खसेको पहिरोमा केही यातायातका साधनसमेत पुरिए, जसमा परेर ३५ जनाले ज्यान गुमाए।

पहिरो गएपछि सयौँ गाडी रोकिए भने हजारौँ यात्रुको बिचल्ली भयो। संघीय राजधानीबाट नजिकैको घटना भए पनि शनिबार बिहानको पहिरोका कारण आइतबार साँझसम्मै दुईतर्फ आवागमन अवरुद्ध हुन पुग्यो। 

झ्याप्ले खोला पहिरोको स्थलगत रिपोर्टिङ गर्न पुगेको नयाँ पत्रिका टिमले तयार पारेको भिडियो सामग्री। 

सुझावित समाचार