पूर्वमा अरुणदेखि पश्चिममा बाँणगंगासम्मका नदीमा उर्लियो बाढी

सबै नदीका जलाधारक्षेत्रमा लगातार भारी वर्षा, सतर्क रहन अपिल

शनिबार, ११ असोज, २०८१
डिजिटल संस्करण

लगातार परिरहेको भारी वर्षाका कारण पूर्वमा अरूणदेखि पश्चिममा बाँणगंगासम्मका नदीमा बाढी उर्लिएको  छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मध्यरात सूचना जारी गर्दै ती नदीमा जलस्तर खतराको तह पार गरिसकेको जनाएको हो।

महाशाखाले अरूण, दुधकोशी, सुनकोशी, बागमती, तिनाउ, बाँडगंगा र तिनका सहायक नदीहरूले सतर्कताको थ्रेसहोल्ड पार गरिसकेकोले सम्भावित जोखिमप्रति सजग रहन अपिल पनि गरेको छ। 

सुझावित समाचार