नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

चार दिनसम्म चल्ने सम्मेलनले पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनना दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने जनाइएको छ। नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने संगठनले जनाएकाे छ ।






