एनआइसी एसियाका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट पाउने

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने गरी बैंक र बुद्ध एयरबिच सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक (मार्केटिङ सेल्स–ग्राउन्ड ह्यान्डलिङ) रूपेश जोशीले हस्ताक्षर गरेका हुन्।

सम्झौताबमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा सम्झौताबमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहक महानुभावहरूलाई विशेष गरी आउँदै गरेका चाडपर्वका वेला विभिन्न गन्तव्यमा सुलभ रूपमा आवतजावत गर्न सघाउ पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।

साथै, यस छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिन टेवा पुग्ने बैंकको विश्वास छ।
 

सुझावित समाचार