एनएमबि बैंकद्वारा पलेसा र प्रशिक्षक कविराज पुरस्कृत

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

एनएमबि बैंकले पेरिस पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।

पलेसाको अभूतपूर्व उपलब्धिको सम्मानमा बैंकले उनलाई नगद रु. ५ लाख एक हजार र प्रशिक्षक लामालाई रु. एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो। पलेसाको प्रतिनिधित्व गरी उनका अभिभावकले उक्त पुरस्कार ग्रहण गरेका छन्।

पलेसाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै विशेष समारोहमा गोवर्द्धन र उनका प्रशिक्षकलाई सम्मानस्वरूप नगद हस्तान्तरण गरेको बैंकले जनाएको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

सुझावित समाचार