विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले एक करोड रुपैयाँ नगद जितेकी छिन्। जापानको क्योदाइबाट रोकायाले आइएमईमार्फत रकम पठाएकी थिइन्।
मंगलबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्रमार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायालाई बधाई ज्ञापन गर्दै आइएमईप्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दसैँअगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत आज भाग्यशाली सेवाग्राही छनोट भएको हो। आइएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एकजनाले एक लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।
आजै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्समार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ। यो योजनामा आइएमई गरी रकम पठाउनेमध्ये तीनजनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्नेछन् । सँगसँगै पहिलो तीन महिना असोज ७ देखि मंसिर मसान्तसम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक–एक जनाले आकर्षक उपहार जित्नेछन्।
सँगै हरेक तीन–तीन महिनामा बम्पर उपहारसमेत जित्न सक्नेछन् । यसैगरी दसैँ, तिहार तथा छठपर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजनाअन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन्।
१. दैनिक पुरस्कारमा आइएमईको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एकजना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्नेछन् ।
२. हरेक हप्ता एकजना विजेताले डिएच आई होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर अथवा वासिङ मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरू हुनेछन्।
३. मासिक योजनामा एकजना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन्। यसमा तीनजना विजेता हुनेछन्।
४. बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्नेछन्। असोजदेखि साउन महिनासम्म लागू हुने यस योजनामा तीनजना विजेताले बम्पर पुरस्कार प्राप्त गर्नेछन्।