सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला एक लाख ५९ हजार सात सय रुपैयाँ कायम

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ५९ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

यस्तै, चाँदीको मूल्य आज तोलामा रु. पाँचले घटेको छ । सोमबार प्रतितोला  एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि  एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ ।     
 

See More On

सुझावित समाचार