श्रीलंकन एयरलाइन्सलाई ‘गोल्ड अवार्ड’

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौंमा सम्पन्न साउथ एसियन ट्राभल अवार्ड (साटा)मा श्रीलंकन एयरलाइन्सले ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ।

दक्षिण एसियाको अग्रणी अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा श्रीलंकन एयरलाइन्सले सो अवार्ड प्राप्त गरेको हो। श्रीलंकन एयरलाइन्सका नेपालस्थित कन्ट्री डाइरेक्टर निलिन पाथिरनाले सो अवार्ड ग्रहण गरेका हुन्।

विश्वभरि नै तीव्र रूपमा उडान बढाइरहेको श्रीलंकनले नेपालमा सातामा पाँच दिन उडान भर्दै आएको छ। श्रीलंकाले नेपालबाट पर्यटक बढाउन हालै नेपालीलाई भिसा निःशुल्क गर्ने घोषणा गरेको छ।

सुझावित समाचार