तोलामा तीन सयले घट्यो सुनको मूल्य

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला  एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ५६ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला  १५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला  एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ। 
 

See More On

सुझावित समाचार