वृद्धाकाे आँखामा खुर्सानी दलेर सुन चोर्ने युवक कारागार चलान

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

वृद्धा महिलाको आँखामा खुर्सानीको धुलो दलेर कानमा लगाएको सुनका गहना चोरी गर्ने युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ । 

लिखु तामाकोशी गाउँपालिका– ५ नागदह पिपलदीपकी ६० वर्षीया सुन्तलीमै तामाङको आँखामा खुर्सानीको धुलो दली उनले लगाएको कानको रिङ (कानको लोतीसमेत चुँडालेर) चोरी गर्ने सोही गाउँकै चन्द्र घिसिङ थिए । उनलाई प्रहरीले पक्राउ गरी डाँका मुद्दा चलाएको थियो । 

स्थानीय आइरन खोलाको बाटोमा आँखामा खुर्सानीको धुलो आँखामा दली कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला सुनाएको हाे । 

अदालतको फैसलाअनुसार घिसिङलाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । 

सुझावित समाचार