नेपालका लागि चिनियाँ लोकप्रिय ब्रान्ड स्काइवेलले नेपालमा आफ्नो आधिकारिक विक्रेता जी मोटर्स नै भएको बताएको छ । स्काइवेल उत्पादक चिनियाँ कम्पनी नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीले विज्ञप्ति जारी गर्दै नेपालमा स्काइवेलको एउटा मात्रै आधिकारिक विक्रेता जी मोटर्स भएको प्रस्ट पारेको छ ।
स्काइवेल ब्रान्ड हत्याउन एलआरआर मोटर्स र एलआरआर ग्रुपले आफूलाई आधिकारिक विक्रेता देखाउने प्रयास गरेपछि विवाद सिर्जना भएको थियो । एलआरआर समूहले भन्सार कार्यालयदेखि वाणिज्य विभागसम्म किर्ते कागज पेस गरी विभिन्न षड्यन्त्र गरेर ब्रान्ड हत्याउने प्रयासमा लागेको स्काइवेलको दाबी छ ।
लग्जरी विद्युतीय गाडी बिक्री गर्ने जी मोटर्सले पनि आफूहरू नै स्काइवेलको आधिकारिक विक्रेता भएको बताउँदै ग्राहकमा अन्योलता सिर्जना गर्ने गरी स्काइवेलको समेत मूल्यसूची सार्वजनिक गरेकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।