लगानी बोर्डकाे सिइओमा सुशील ज्ञवाली नियुक्त

संविधान दिवसका दिनदेखि सर्बसाधरणले धरहराको निःशुल्क अवलोकन गर्न पाउने

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

सरकारले लगानी बोर्डको सिइओमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख ज्ञवालीलाई बोर्डको सिइओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै, ३ असोज संविधान दिवसको अवसर पारेर धरहरालाई सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘सम्बन्धित मन्त्रालयले सञ्चालनसम्बन्धी कार्यविधि नबनाउँदासम्म संविधान दिवसको दिनबाट सर्वसाधारणले निःशुल्क अवलोकन गर्न पाउने गरी सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ,’ ती मन्त्रीले भने । धरहरा व्यवस्थापन तथा सञ्चालन कार्यविधि बनाउने काम सहरी विकास मन्त्रालयले गर्नेछ । 

बैठकले उद्योग वाणिज्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीलाई तथ्यांक कार्यालयमा सरुवा गरेको छ भने उनको स्थानमा गोविन्द कार्कीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

सुझावित समाचार