नेपाल एसबिआई बैंकले सिद्धार्थनगर नगरपालिका– ५, बैंकरोड, भैरहवामा रहेको शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सोही नगरपालिकाको वडा नं ८ स्थित नारायणपथमा शाखा स्थानान्तरण गरी सेवा शुभारम्भ गरेको छ ।
नयाँ शाखाको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याललगायतको उपस्थिति थियो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।