सिटिजन्स बैंक र पोस्टम इन्फोसिसबिच साझेदारी

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल र सामाजिक सञ्जाल प्लाटफर्म पोस्टमबिच साझेदारी भएको छ । यस साझेदारीले पोस्टमका प्रयोगकर्ताको आम्दानीलाई सीधै बैंकको खातामा ल्याउन मद्दत गर्नेछ । 

पोस्टम एप, पोस्टम इन्फोसिसद्वारा डिजाइन गरिएको सामाजिक प्लाटफर्म हो । प्लाटफर्ममा प्रयोगकर्ताले आफ्ना प्रस्तुतिको सिर्जना गर्न सक्नेछन् भने सिर्जित प्रस्तुतिलाई विभिन्न माध्यममार्फत मोनिटाइज गर्न सक्नेछन् । 

यस एपमार्फत सिर्जनाकर्ताले यात्रा, मनोरन्जन, सेवा, मोटरवाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीमा केन्द्रित रहेर कन्टेन्ट उत्पादन गर्न सक्नेछन् । यसरी सामग्री बनाएर आय सिर्जना गर्ने पोस्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच बैंकले दिलाउने बताइएको छ । यस सहकार्यले सिर्जनाकर्तालाई उनीहरूको आम्दानी सीधै बैंक खातामा जम्मा गरी सरल र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सुझावित समाचार