अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, नौजना घाइते

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

अर्घाखाँचीको  शितगंगा नगरपालिका– १२ हिलेखोलामा आज जिप दुर्घटना भएको छ । छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु.१ज ४७६३ नम्बरको डबल क्याप (जिप) दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका छन्।

मृत्यु हुनेमा छत्रदेव– ५ टुनीचौरका  ६५ वर्षका रामप्रसाद पन्थी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते नौजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको छ ।

डबल क्याप आफैँ अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपचालक चुराबहादुर खत्री घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवल पठाइएको छ ।  

सुझावित समाचार