प्रतिनिधिसभामा उठ्यो उपसभामुखमाथि प्रश्न

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानामगरमाथि प्रश्न उठेका छन्। सांसद शोभा ज्ञवालीले केही समयअघि उपसभामुखको अगुवाइमा अमेरिकाको कार्यक्रममा अन्य व्यक्तिलाई पठाउने भनी राजदूतावासमा लेखिएको पत्र यदि सत्य हो भने यो सानो कुरा नभएको उल्लेख गरिन्।

उनले उपसभामुखले गरिमामय संसद्लाई अपहेलना गरेको भन्दै यो विषय जोडदारसँग उठ्नुपर्ने माग गरिन्। मानव तस्करसँँग जोडिएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चुप लाग्नुहुँदैन भन्दै अन्य पार्टीका विषयमा जोडका साथ बोल्ने रास्वपाका सांसद यो विषय किन मौन ? भनेर पश्न गरिन्।

त्यस्तै सांसद सरस्वती सुब्बाले पनि उपसभामुखको कुरा सदनले स्पष्ट रूपमा थाहा पाउनुपर्ने बताइन् । 
 

सुझावित समाचार