बुद्धको यो जहाजले अब उडान गर्नेछैन

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको  एटिआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार साइकल पूरा गरेसँगै ९एन-एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो ।

मंगलबार बिहानको माउन्टेन फ्लाइटनै ९एन–एआइएनको अन्तिम कमर्सियल उडान रह्यो । यो जहाज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई फायर फाइटिङ अभ्यासका लागि हस्तान्तरण गर्ने बुद्धले जनाएको छ । 

यो जहाजले नेपालमा ४० हजार साइकल उडान अवतरण पूरा गरेको छ। नेपाल ल्याउनुअघि ३० हजार साइकल उडेको थियो । 

यो जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको बुद्धले जनाएको छ । बुद्धसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए, जसमध्ये एउटा जहाज उडान आवर सकिएर बिदा भएको छ ।

सुझावित समाचार