एनसेल एपबाट पुलिस रिपोर्ट लिँदा डेटा शुल्क नलाग्ने

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

एनसेलले आफ्ना ग्राहकका लागि नयाँ सुविधा थपेको छ । सुविधाअन्तर्गत ग्राहकले एनसेल एपमार्फत सहजै प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट)का लागि आवेदन दिन सक्नेछन् । 

‘सधैँ अन’प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अभिवृद्धि गर्दै लैजाने योजनाअनुरूप एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा एपमा थपेको जनाएको छ । प्रयोगकर्ताले एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् । प्रहरीमा उजुरी तथा पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवा लिँदा नेपाल प्रहरीको वेबसाइट निःशुल्क चलाउन सकिनेछ । 

‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सहकार्यमा विभिन्न सार्वजनिक सेवा डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौँ । हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौँ भने यस्ता पहलहरू आधारभूत आवश्यकता हुन्,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने । 

एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुनः परिभाषित गरेको तथा डिजिटल रूपान्तरणका लागि नभइनहुने एक सेल्फ केयर एपका रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ । 

सुझावित समाचार