इन्द्रजात्राका लागि काठमाडौंका कोर क्षेत्रका सडक मर्मत कार्य तीव्र (फाेटाेफिचर)

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

आउँदै गरेको इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौंका कोर क्षेत्रका सडक मर्मत कार्य धमाधम भइरहेको छ। कोर क्षेत्रभित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम सक्रिय रूपमा भइरहेको छ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम चलिराखेको छ। इन्द्रजात्रामा तानिने रथलाई सहज रूपमा परिक्रमा गराउन सडक मर्मत अनिवार्य भएसँगै हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ। मर्मत गर्दै गरेका केही तस्बिरहरू:

सुझावित समाचार