नबिलको ‘असञ्चिति अविमोच्य अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित भएको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत असञ्चिति अविमोच्य अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । 

बैंकको व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजी (एडिसनल टायर–१ क्यापिटल)का माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनीलगायत सरोकारवाला पक्षबाट विगतमा सहयोग भएझैँ यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।

साथै यो नेपाली पुँजी बजारका लागि नवीनतम पुँजी उपकरण भएकाले राष्ट्र बैंकको व्यवस्थापश्चात् नबिलले पहिलोपटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको बताइएको छ । 

सुझावित समाचार