नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्युरो दिउँसो साढे १२ बजे बैठक बस्न लागेको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शंकर पोखरेलले प्रस्तुत गरेकाे पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले आ–आफ्नो सुझाव दिने कार्यतालिका रहेको बताए।
उनका अनुसार प्रत्येक पोलिटब्युरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्याइएको छ। पोलिटब्युरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ।
आजसम्म चल्ने पोलिटब्युरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यतालिकासमेत रहेको कार्यालय सचिव डा. अधिकारीले बताए ।