कतारका लागि प्रस्तावित राजदूतले भने- श्रमिकहरूको सुरक्षा पहिलो प्राथमिकता

सबै सम्झौता कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडलले श्रमिकहरूको हकहित र सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा पौडेलले श्रमिकको समग्र सुरक्षामा ध्यान दिने प्रतिबद्धता जनाए । 

प्रस्तावित राजदूत पौडेलले श्रमिकहरूको सुरक्षा पहिलो प्राथमिकता भएको बताए । श्रमबारे आफूले विभिन्न अध्ययन गरेकाले यो श्रमिकको समस्यालाई नजिकबाट बुझेको भन्दै पौडेलले समस्यासँग जुध्न सोच बनाइरहेको बताए । श्रमिकको तलब बढाउन आफूले पहल गर्ने, श्रमिक पठाउने देशसँग पनि समन्वय गर्ने उनको भनाइ छ । 

महिला कामदारको सुरक्षा सम्बोधन गर्न जे पहल गर्नुपर्ने हो त्यो गर्ने प्रतिबद्धता उनले जनाए । वैदेशिक व्यापारमा पानी, चिया, एडभेन्चरसको सम्भावना भए पनि चुनौती रहेको बताए। सबै सम्झौता कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

सुझावित समाचार