चितवनको भरतपुर महानगरपालिका–१३, उज्ज्वलनगरको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनभित्र रहेको बाटुली पोखरीमा पर्यटकको आकर्षण बढ्दो छ।
सिँचाइका लागि निर्माण भएको घोल पोखरीको रूपमा विस्तार भएपछि यहाँ चराचुरुंगीको बासस्थानसमेत विस्तार भएको छ। अहिले विशेष गरी पर्यटक चराहरूले डेरा जमाएर बसेका छन्। यो पोखरी विश्व रामसार क्षेत्रमा सूचीकृत बीसहजारी तालसँगै जोडिएको छ।
चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायिक वन भएका कारण पोखरीमा पानी खानका लागि बाघ, गैँडालगायतका दुर्लभ जनावरहरूसमेत आउने गरेका छन्। पर्यटकहरू डुंगामा चढेर सो दृश्यको अवलोकन गर्छन्।
हेर्नुस् तस्बिरहरू :
2024-09-02-05-39-10.jpeg)
2024-09-02-05-39-05.jpeg)
2024-09-02-05-38-59.jpeg)
2024-09-02-05-38-54.jpeg)
2024-09-02-05-38-48.jpeg)
2024-09-02-05-38-43.jpeg)
2024-09-02-05-38-37.jpeg)
2024-09-02-05-38-32.jpeg)
2024-09-02-05-38-26.jpeg)
2024-09-02-05-38-19.jpeg)
2024-09-02-05-38-12.jpeg)
2024-09-02-05-38-06.jpeg)
2024-09-02-05-37-58.jpeg)
तस्बिरहरु : विवेक पोख्रेल/सञ्जय ओझा