निर्मला कुर्मीको हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेको विरोधमा काठमाडौंको माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च आयोजना गरिएको छ।
महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वास संघ, साप नेपाल, जागर नेपाल, मिलिजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एड्भोकेसी नेपाल र एबिसी नेपालले संयुक्त रूपमा पैदल मार्च आयोजना गरेका हुन्। पैदल मार्चलाई बृहत् नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ।
अपहरण गरी हत्या मुद्दामा अनुसन्धानमा तानिएका बादशाह लुम्बिनी प्रदेशका मन्त्री बनेका छन् । तर, पीडित पक्षले अझै न्याय पाएको छैन।
तस्बिरमा हेर्नुस् पैदल मार्च :
2024-09-01-03-22-13.jpeg)
2024-09-01-03-22-07.jpeg)
2024-09-01-03-22-02.jpeg)
2024-09-01-03-21-56.jpeg)
2024-09-01-03-21-48.jpeg)
2024-09-01-03-21-41.jpeg)
2024-09-01-03-21-35.jpeg)
2024-09-01-03-21-28.jpeg)
2024-09-01-03-21-21.jpeg)