निसानका गाडी किन्न महालक्ष्मीले ९.९९ प्रतिशतमै कर्जा दिने

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक र पायोनियर मोटोकर्पबीच द्विपक्षीय सम्झौता भएको छ । बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने गरी सम्झौता भएको हो । 

सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको जुन कम हुन्छ, त्यसको ८० प्रतिशत वा सोबराबरको कर्जा उपलब्ध गराउनेछ । 

सुझावित समाचार