भगवती रथयात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल आज पाल्पामा

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

युद्धको सम्झनामा आज २०५औँ रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ। दिउँसो साढे १२ बजे रथ उठाउने साइत जुरेको छ। जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल  बिहान ११ बजे तानसेन आइपुग्ने भगवती गुठी पाल्ल्का अध्यक्ष अशोक महर्जनले जानकारी दिए । 

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि राष्ट्रपति पौडेल फेमस महिन्द्र दल गणमा जाने कार्यक्रम रहेको र यसपछि पाल्पाबाट निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गर्ने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए।

भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा आएका छन् । रथयात्रा अवलोकनका लागि लुम्बिनी  प्रदेशका मन्त्री र जिल्लाका संघीय सांसदको जात्रामा सहभागिता रहनेछ।

राष्ट्रपति आउने भएपछि तानसेनको  सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। जात्रा अवधिभर अप्रिय घटना नहुने गरी सुरक्षाकर्मी परिचालन गरेको प्रजिअ काफ्लेले बताए।
 

सुझावित समाचार