जिहोले ल्यायो एई–४ इलेक्ट्रिक स्कुटर

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

इलेक्ट्रिक स्कुटर निर्माता कम्पनीले जिहोले एई–४ स्कुटर लन्च गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फमेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एई–४ ले सहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने बताइएको छ ।

यो स्कुटरको ३.० किलोवाट मोटरले प्रतिघण्टा ६५ को गति प्रदान गर्नेछ । त्यस्तै, सुरक्षालाई प्राथमिकता दिँदै एबसिएस र इटिसिएले सडकका विभिन्न अप्ठ्यारा अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण प्रदान गर्नेसमेत बताइएको छ ।

यसबाहेक स्कुटरको उन्नत एनएफसी की लेस इन्ट्री प्रणाली र डिजिटल की, पासवर्ड, मेकानिकल कीजस्ता बहुविधि अनलकिङ तरिकाले सुरक्षा र सहजता दुवै प्रदान गर्ने कम्पनीको भनाइ छ ।

सुझावित समाचार