संखुवासभामा निर्माणाधीन अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । गएराति १ बजे जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका– ९ घर भएका ४९ वर्षीय तुलसीराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार, हिजो (आइतबार) साँझ करिब ६ बजेतिर अरुण तेस्रोको अडिट–२ मा काम गर्ने क्रममा ग्यालजियमको काम गर्ने क्रममा माथिबाट ढुंगा झरेर थारू गम्भीर घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । अस्पतालका चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाएको छ ।

अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ । मकालु गाउँपालिका– ५ बाँधस्थल फ्यासिन्दामा जेपी एसोसियटले काम गरिरहेको छ भने चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवा पावरहाउसमा पटेल कम्पनीले काम गरिरहेको छ । हालसम्म अरुण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ भने सन् २०२४ भित्र सम्पन्न गर्ने आयोजनाले जनाएको छ ।
 

सुझावित समाचार