दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू– २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा अहिले नेपाल र भुटानबिच प्रतिस्पर्धा भइरहेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले अग्रता लिएको छ।
पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६औँ मिनेटमा भुटानले नेपालविरुद्ध पहिलो गोल गरेको हो।