पोखरीमा डुबेर बालकको मृत्यु

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ। 

ब्रह्मपुरी गाउँपालिका– २ का ६ वर्षीय अंकित साहको डुबेर मृत्यु भएको हो। घरनजिकैको पोखरीमा नुहाउन पसेका वेला डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

बालक डुबेको थाहा पाएपछि स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए। तर, बालकको ज्यान गइसकेको थियो। (रासस)
 

सुझावित समाचार