टाटाका गाडी किन्न महालक्ष्मीले ९.९९%मै कर्जा दिने

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिद गर्न ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । यससम्बन्धी समझदारीपत्रमा बैंक र टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीबीच हस्ताक्षर भएको छ । 

यससँगै टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसनमध्ये जुन कम हुन्छ, त्यसको ८० प्रतिशतबराबरको कर्जा उपलब्ध गराउनेछ । 

सुझावित समाचार