लमजुङमा एक वर्षमा थपिए दुई सय १८ उद्योग

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

लमजुङमा एक वर्षमा दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष ०८०/८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख मिताकुमारी थापाले जानकारी दिइन् । 

उनका अनुसार सो अवधिमा चार सय १२ उद्योग नवीकरण भएका छन् । एक सय ७६ वटा उद्योग वाणिज्यमा दर्ता भएका छन् भने पाँच सय ५२ नवीकरण भएका छन् । अघिल्लो आव ०७९/८० मा दई सय ९१ घरेलु उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा उद्योग दर्ता कम भएको हो । 

सोही आवमा दुई सय आठ वाणिज्यमा दर्ता भएका थिए भने पाँच सय १८ वटा नवीकरण भएका थिए । त्यस्तै, आव ०७८/७९ को साउनदेखि असारसम्म ६ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । उक्त अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएको थियो । बेँसीसहर, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायतका स्थानमा पसलको संख्या वृद्धि भएको छ । 

See More On

सुझावित समाचार