लक्ष्मी सन्राइज बैंकको सिइओमा भट्टराई

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/लक्ष्मी सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । सुमेदलाई मंगलबार बसेको सञ्चालक समितिको बैंकले १५ कात्तिकबाट लागू हुने गरी सिइओमा नियुक्त गरेको हो ।

यसअघि उनी सोही संस्थामा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । हालका सिइओ अजयविक्रम शाहको दोस्रो कार्यकाल पूरा हुनलागेसँगै बैंकले आन्तरिक व्यवस्थापनबाटै नयाँ नेतृत्व चयन गरेको हो । भट्टराई सन् २००२ देखि लक्ष्मी सन्राइज बैंकमा आबद्ध छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका भट्टराईसँग बैंकिङ क्षेत्रको लामो अनुभव छ । 

सुझावित समाचार