महालक्ष्मी विकास बैंक र केटिएम सिटीबिच सम्झौता

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ महालक्ष्मी विकास बैंकका ग्राहकले केटिएम सिटीबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्र, रेस्टुरेन्ट, सेवा क्षेत्रलगायतका संस्थासँगको समन्वयपछि फेसन तथा लाइफस्टाइल कम्पनीसँग पनि सहकार्य गरेको छ ।

बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धमा बैंक र केटिएम सिटीबिच सम्झौता भएको हो ।  सम्झौताअन्तर्गत बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले केटिएम सिटीका १७ वटै आउटलेटमा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

सुझावित समाचार